नेपाल बैंकले १० प्रतिशत व्याजमा २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने

Advertisement

काठमाडौं । नेपाल बैंकको ऋणपत्र (डिबेन्चर) निष्काशन तथा बिक्री प्रबन्धकको काम नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्ने भएको छ । बैंकले प्रतिकित्ता १००० अंकित २५ लाख कित्ता डिबेन्चर निष्काशन गर्न लागेको हो ।

नेपाल बैंकले १० प्रतिशत व्याज दरमा एनबिएलडिबेन्चर २०८३ निष्काशन गर्न लागेको छ । बैंकले निष्काशन गर्न लागेको २ अर्ब ५० करोड बराबरका डिबेन्चर सात वर्ष लामो अवधिको रहेको छ ।

कूल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता कित्ताडिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैकिङका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

Advertisement

Advertisement