बीमा संस्थानको एग्रेशिभ ग्रोथः बीमा शुल्क ४२४ प्रतिशत र नाफा २९५ प्रतिशत वृद्धि

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एग्रेशिभ ग्रोथ गरेको छ । कवि प्रसाद पाठकले प्रशासकको जिम्मेवारी सम्हालेपछि व्यापक सुधार गरिरहेको संस्थानले बीमा शुल्क संकलन ४२४.३५ प्रतिशतले वृद्धि गरेको छ । संस्थानले नाफा नै २९५.४५ प्रतिशतले वृद्धि गरेको छ ।

२०७६ असोज मसान्त अवधीमा संस्थानको नाफा १ करोड ३० लाख रुपैयाँले बढेर १ करोड ७४ लाख पुगेको छ । २०७५ असोजमा संस्थानको नाफा जम्मा ४४ लाख मात्रै थियो । जीवन बीमा शुल्क पनि ३ अर्ब ३१ करोडले वृद्धि गरेर ४ अर्ब ९ करोड पुर्याएको छ । जुन २०७५ असोज मसान्तमा जम्मा ७८ करोड मात्रै थियो ।

पाठकले संस्थानको नेतृत्व गरेपछि नागरिक लगाानी कोषले गर्दै आएको राष्ट्र सेवक कर्मचारीहरुको बीमा कार्यक्रम भित्र्याएका थिए । सो वापत संस्थानले ३ अर्ब ८ करोेड प्रिमियम प्राप्त गरेको छ ।

चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको संस्थानको जीवन बीमा कोषमा २४ अर्ब पुगेको छ । २०७५ असोज मसान्तमा त्यस्तो कोषमा जम्मा २० अर्ब रुपैयाँ मात्रै थियो । संस्थानले ४ हजार ७३ वटा दावी वापत असोज मसान्त अवधीमा ७० करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

संस्थानले ६ लाख ८६ हजार २ सय २६ वटा बीमा लेख जारी गरेको छ । संस्थानका प्रशासक पाठकले शाखा सञ्जाल विस्तार र अभिकर्ताको संख्या अभिवृद्धिसँगै प्रशासनिक सुधार, प्रविधिको उपयोगमा व्यापकता दिईरहेका छन् । उनले नयाँ नयाँ बीमा पोलिसी निर्माणलाई समेत बिशेष ध्यान दिएका छन् । साथै, दक्ष नयाँ जनशक्ति नियुक्ती तथा पुराना जनशक्तिहरुको कार्य क्षमता अभिवृद्धिमा समेत बिशेष जोड दिँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement