साठी मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ उद्घाटन, सिंहदरबारमा प्रधानमन्त्रीले थिचे स्वीच

Advertisement

काठमाडौं । ६० मेगावाट क्षमताको त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । सोमबार सिंहदरबारभित्र रहेको वार रुमबाट स्वीच थिचेर ओलीले आयोजना उद्घाटन गरेका हुन ।

रसुवा र नुवाकोटमा निर्माण भएको उक्त आयोजनाको काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र आयोजना स्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले एकसाथ उद्घाटन गरेका हुन् ।

आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन शुरु भएको प्राधिकरणले जनाएको छ । उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन शुरु भएको छ । उक्त आयोजनाबाट प्रतिदिन १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना सोमबार उद्घाटन हुँदै

 

Advertisement

Advertisement

Advertisement