अडतिस करोडको नक्कली भ्याट बिलका कारोबारीविरुद्ध मुद्दा, नौ व्यवसायी परे फन्दामा

Advertisement

काठमाडौं । ३८ करोड २९ लाख रुपैयाँ भन्दा बढी मूल्यको नक्कली भ्याट बिल कारोबारी ९ जना व्यवसायी विरुद्ध मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले झापाको मेचीनगरको साकम्बरी प्रोडक्टसका मालिक मुकेशकुमार शर्मा र कारोबारी रामकृष्ण शर्मासहित ६ जना विरुद्ध ३६ करोड ५५ लाख विगो र त्यसको दोब्बर जरिवाना तथा ३ वर्ष कैद सजाय माग गरि झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै, नक्कली भ्याट बिल कारोबारी अम्बेल ईन्टरप्राईजेजकी विनिता दुवाडीसहित ३ जना विरुद्ध एक करोड २८ लाख, ७६ हजार भन्दा बढी विगो तथा त्यसको ३ गुणा जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरि काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो ।

विभागले साकम्बरीका मुकेशकुमार शर्मा र एस एस इन्टरप्राइजेजका रामकृष्ण शर्मा सहित सुपरभाईजर सदन सिंह तथा माधव इन्टरप्राइजेजका प्रोप्राईटर सिताराम शर्मा, सवारीधनी आशिष शर्मा विरुद्ध मुद्दा हालेको हो ।

त्यस्तै, अम्बेल ईन्टरप्राईजेजकी प्रोप्राइटर दुवाडीसँगै सुसञ्जित ईन्टरप्राईजेज प्रोप्राईटर सरस्वती गौतम तथा निजको श्रीमान् रामशरण गौतम विरुद्ध मुद्दा दायर गरिएको हो ।

Advertisement

Advertisement

Advertisement