नेशनल लाइफको नाफा ३५.८० प्रतिशतले बढ्यो, जीवन बीमा कोषमै २८ अर्ब

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३५.८० प्रतिशतले वृद्धि भएको छ । २०७५ असोज मसान्त अवधीमा ८ करोड ४९ लाख नाफा कमाएको कम्पनीले २०७६ असोज मसान्तमा ३ करोड ४ लाखले बढाएर ११ करोड ५३ लाख पुर्याएको हो ।

कम्पनीले यो अवधीमा बीमा शुल्क पनि ३५.९१ प्रतिशतले वृद्धि गरेको छ । २०७५ असोज मसान्तमा एक अर्ब ४२ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७६ असोज मसान्तमा एक अर्ब ९३ करोड पुर्याएको हो ।

३ अर्ब चुक्ता पुँजी रहेको बैंकको जीवन बीमा कोषमा २८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । जुन २०७५ असोजमा २२ अर्ब ५४ करोड थियो भने २०७६ साउन मसान्तमा २७ अर्ब १९ करोड रुपैयाँ थियो ।

कम्पनीले ७ लाख ४५ हजार २६ वटा बीमा लेख जारी गरेको छ । नेशनलले बार्षिक प्रति हजार ६३ रुपैयाँदेखि ८३ रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी १५.३५ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२१.८६ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement