पुसभित्रै सक्ने भनिएको माथिल्लो तामाकोशीको अवधि फेरि लम्बियो, असारमा पनि नआउने संकेत

Advertisement

काठमाडौं । यही आउँदो पुसभित्रै निर्माण सम्पन्न गर्ने भनिएको बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समयावधि फेरि लम्बिएको छ । कुल ४५६ मेगावाटको यो आयोजना आउँदो असारसम्म निर्माण हुनसक्ने स्वयम आयोजनाका अधिकारीहरु स्वीकार गर्छन् ।

नेपाल विद्युत प्राधिकरणको मुख्य लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी यही पुसभित्र निर्माण सम्पन्न हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक कार्यक्रममा बताएका थिए । त्यसअघि पनि आयोजनाको निर्माण अवधि पटक पटक संशोधन हुँदै आएकोमा पछिल्लो समय समय पनि लम्बिएर यो आर्थिक बर्षको अन्त्यसम्ममा मात्रै काम गरिने अडकल गर्न थालिएको छ ।

आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले भारतीय कम्पनीले राम्रो काम नगर्दा समय केही लम्बिएको बताउँदै यो आर्थिक बर्षभित्र आयोजना बन्ने अनुमान व्यक्ति गरे । हाइड्रोमेकानिकलको सामान आयात तथा जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनीले राम्रो काम नगर्दा पछिल्लो समयमा समस्या सिर्जना भएको उनको भनाई छ ।

यसअघि भूकम्प र अन्य कारण देखाउँदै आयोजनाको समय र लागत बढाउँदै लगिएको यस आयोजनामा पछिल्लो समय भारतीय कम्पनी टेक्सम्याका समस्या बनेको जनाइएको छ । आयोजनामा अरु अधिकांश काम सकिए पनि भर्टिकल पेनस्टक (ठाडो सुरुङ)को मुख्य काम लम्बिदै गएको हो । आयोजना प्रमुख श्रेष्ठले सिभिल र मेकानिकल ठेकेदारहरुको अवधि काम नसकिएसम्म भएको बताउँदै सक्दो चाँदो काम सक्न आफूहरु लागिपरेको बताए ।

माथिल्लो तामाकोशी ढिलो हुँदा भारतबाट भइरहेको आयात अन्य हुन सकेको छैन् । झण्डै पाँच सय मेगावाटसम्म विद्युत भारतबाट आयात भइरहेकोमा पछिल्लो समयमा आयोजनाहरु धमाधम निर्माण सम्पन्न भई उत्पादन थपिएपछि आयात घटेर १३१ मेगावाट कायम भएको छ ।

प्राधिकरणकै कर्मचारीहरु तोकिएको समय र तोकिएको लागतमा आयोजना बन्न नदिने संगठित प्रवृतिका कारण माथिल्लो तामाकोशीमा पनि देखिएको बताउँछन् । प्राधिकरणका कर्मचारी युनियनहरुले माथिल्लो तामाकोशीमा भएको ढिलाई र ढिलाईसँगै ब्याज र अन्य कारणले लागत दोब्बर पुगेको कुराको आलोचना गर्दै आएका छन् ।

प्राधिकरणकै एक अधिकारी सीताराम थापा भन्ढिलाईसँगै ब्याज र अन्य कारणले लागत दोब्बर पुगेको कुराको आलोचना गर्दै आएका छन् ।

जलस्रोतबारे खरो विश्लेषण गर्ने प्राधिकरणकै एक कर्मचारी सीताराम थापा भन्छन्– धेरैले आशा र प्रसंशा गरेको आयोजनाको लागत र समय बढ्या बढ्यै हुँदा जनतामा निराशा बढेको छ । उनले भारतीय कम्पनीको छनोटमै समस्या रहेको बताउँदै कसैको स्वार्थमा उक्त कम्पनीलाई छनोट गरिएकाले अहिले परिणाम देखिन थालेको बताउँछन ।

माथिल्लो तामाकोशीको गत मंसिरमै सुरुङको ब्रेक–थ्रु भइसकेको हो । भारतीय कम्पनी टेक्सम्याकाले सामान आयातमा ढिलाई गरी पेनस्टकको पाइप जडानलगायतका काममा ढिलाई भइरहेको छ । तर, यसअघि ७० टनसम्मका पाइपहरु ओसार्न मिलेको सडकमा अहिले त्यो भन्दा हल्का सामानहरु ओसार्न समस्या भयो भनेर तर्क गरेकोप्रति आश्चर्य मान्दै थापाले लागत वृृद्धि पनि अस्वाभाविक भएको बताए । उनी भन्छन्– जति लागत बढे पनि नेपालमा केही समस्या हुन्न । कसैले कारवाही गर्नेवाला छैन् । जति बढाए पनि हुन्छ । जति ढिलो गरे पनि हुन्छ । कसैले प्रश्न गर्नेवाला छैन् ।

करिव ३५ अर्ब लागत अनुमान गरिएको यो आयोजनाको लागत अहिले ७० अर्ब पुगिसकेको छ । आयोजनाबाट उत्पादित बिजुली प्रसारण गर्न प्रसारणलाइनको समस्या औंल्याइँदै आए पनि प्राधिकरणले यसको समस्या नरहेको दावी गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement