करले उद्योग व्यापारमा अवरोध नहोस्ः महानिर्देशक कुँवर

Advertisement

काठमाडौँ । आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन् ।

आठौं कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरको दोश्रो दिन सोमबार नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवनमा गरेको अन्तक्र्रियामा उनले प्रविधि मैत्री कर प्रशासनमा जोड दिनुपर्ने उल्लेख गरे ।

महानिर्देशक कुँवरले कर शिक्षालाई प्राथमिकता दिदै प्रणाली र प्रक्रियागत प्रणालीमा सुधार गरि कर कार्यलय नपुगि कर भुक्तानी र कर विवरण मोबाईलमा जानकारी दिने दिशामा भएकाले उद्योगी व्यवसायी एवम् करदाताको साथ अनिवार्य रहेको धारणा राखे ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने उल्लेख गरे ।

कर दिवसले करदातालाई आफूले तिरेको रकमको सही सदुपयोग हुने भएकाले कर कानूनको परिपालना, कर चुहावट नियन्त्रण एवम् करदाता शिक्षाको माध्यमबाट सर्वसाधारणलाई कर सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच कर सम्बन्धी तालिम दिनेबारे सम्झौता भएको छ । होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement