नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा मंसिर २९ गते, ८ करोड कित्ता आईपीओ निष्काशनको प्रस्ताव पारित गर्ने

Advertisement

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रथम वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ । कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले बेलुका ४ बजे र्याडिशन होटलमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले बैंकको जारी पूँजी अन्तरगत सर्वसाधारण समूहका लागि छुट्याइएको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव छलफल सहित पारित गर्नेछ ।

साथै बैंकको चुक्ता पूँजी १२ अर्ब बाट बृद्धि गरी २० अर्ब पुर्याउने विशेष प्रस्ताव साधारण सभामा प्रस्तुत गरिने छ । साधारण सभाबाट बैंकको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाचित गर्नेछ ।

Advertisement

Advertisement

Advertisement