सिटिजन्स बैंक र चिरायु नेशनल हस्पिटलबीच सहकार्य

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सहकार्य हुने भएको छ । सिटिजन्स बैंकका ग्राहकलाई चिरायु हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले चिरायु हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement

Advertisement