सोल्टी होटलले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । होटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ११.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

गत वर्ष आर्थिक वर्ष २०७४/०७५ मा पनि सोल्टीले १० प्रतिशत बोनस सेयर र १६.३१ प्रतिशत नगद लाभांश  गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांस आगामी पुस २४ गते नेपाल प्रज्ञा भवन, कमलादीमा हुने साधारण सभाले पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

साधारण सभा प्रयोजनको लागि होटलले मङ्गसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्नेछ । मङ्गसिर २४ गतेसम्म कायम सेयरधनीहरुले होटलको लाभांश पाउनेछन् ।

हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। होटलले १५ प्रतिशत बोनस सेयर वितरण भएपछि होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ।

Soltiee-hotel

Advertisement

Advertisement

Advertisement