ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने भएको छ । सोमबार सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै बैंकका आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट सेयरधनीले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी २५.५ प्रतिशत लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७५।०७६ मा २ अर्ब ७६ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनश सेयर वितरण भएपछि बैंकको चुक्ता पुँजी ११ अर्व ७६ करोड रुपियाँ पुग्नेछ ।

साथै, साधारण सभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमइ बैंकको नामबाट एकिकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ ।

सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब रुपियाँ कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार शुरु गर्ने योजना रहेको बताए ।

मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै, मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।

मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब रुपियाँ पुग्नेछ । त्यस्तै, बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । साथै, बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

त्यस्तै बैंकका शाखा सञ्जाल करीब ३०० तथा सेवा केन्द्रको सङ्ख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा तीन हजार २५० भन्दा बढी कर्मचारी रहनेछन् । त्यस्तै बैंकका २५६ एटिएम, २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, तीन वैदेशिक सम्पर्क कार्यालय र करीब २० लाख ग्राहक सङ्ख्या रहने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement