राजधानीमा महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प हुँदै

Advertisement

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कस्ले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि ‘महिन्द्रा केयर फेस्ट २०१९’ आयोजना गरेको छ ।

सोमबारदेखि शुरु भएको महिन्द्राको विश्वव्यापी कार्यक्रम शुक्रबार मंसिर ६ गतेसम्म चल्ने बताइएको छ । पाँच दिनसम्म नेपाल लगायत २५ विभिन्न देशमा यो कार्यक्रम सञ्चालन हुने छ । कार्यक्रममा महिन्द्रा गाडीको दक्ष प्राविधिकले गाडीको जाँच गर्नेछन् ।

महिन्द्रा ग्लोबल केयर फेस्ट २०१९ मा निःशुल्क सर्भिसिङ, स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजहरुमा १२५ छुट साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था पनि मिलाएको छ । यसका साथै कम्पनीले ग्राहकहरुलाई हेल्थ क्याम्पको सुविधा तथा आकर्षक उपहार पनि प्रदान गर्नेछ ।

Advertisement

Advertisement

Advertisement