दश करोड कर छली गर्ने ६ जना बिरुद्ध मुद्दा दर्ता, ३ वर्ष कैद सजाय माग दाबी

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले १० करोड १५ लाख राजश्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका ३ स्थायी घर भई काठमाडौं ३२ बस्ने ग्रिन टावागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसहित ६ जना बिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

ग्रिन टोवागो कम्पनी प्रालिका प्रोप्राइटर सञ्चालक श्रेष्ठ समेत सफिन एण्ड ब्रदर्श इन्टरप्राइजेजका प्रोप्राइटर सरोज केसी, आरएस स्टोरका प्रोप्राइटर मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगकी प्रोपाइटर सुस्मा गोयन्का, गोल्डेन टोवागो इन्डष्ट्रिजका सञ्चालक र सहयोग सुर्ती उद्योगका प्रोप्रँइटर दिशेन बासुकल र ओमसाई सुर्ती उद्योगकी प्रोप्राइटर जानुका कार्की विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

प्रचलित कानून बमोजिम अन्तशुल्क स्टिकर नलगाई सुर्तीजन्य वस्तु निष्काशन गरी बिक्री गरेको, चलानबाट सामान बिक्री गरेको, भौतिक गणनामा निजले राखेको अभिलेखमा मौज्दात समेत फरक परेको विभागले जनाएको छ ।

प्रतिवादीहरुले कर छलीसंग सम्बन्धित गलत कागजातहरु बनाई कर छली गरेको देखिएको भन्दै बिगो रकम १० करोड १५ लाख ४० हजार असुल उपर गराई बिगोको दोब्बर रकम जरिवाना र ३ वर्ष कैद सजाय माग दाबी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

Advertisement

Advertisement

Advertisement