निर्मला हत्या काण्डः मानसखण्डका सम्पादक खेम भण्डारी पूनः पक्राउ

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डका विषयमा बढाईचडाई तथा जथाभावी समाचार प्रकाशन/प्रसारण गरेको आरोपमा मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी पुनः पक्राउ परेका छन्। उनलाई आज मंगलबार कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

निर्मला पन्तको बलात्कार र हत्याका विषयलाई अदालतमा विचाराधीन मुद्दा पेश गरेर प्रभावित पार्न खोजेको भन्दै कञ्चनपुर जिल्ला बाराले दायर गरेको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनलाई एक घन्टा कैद र १ रुपियाँ जरिवाना सुनाएको थियो। तर सम्पादक भण्डारीले भने स्वीकारेका थिएनन् ।

पहिला पनि भण्डारी सम्पादक रहेको दैनिक मानसखण्डले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दको निर्देशनमा प्रहरीले अपहरण शैलीमा महेन्द्रनगरको बसपार्कमा होटल व्यावसाय गर्दै आएका दुई युवतीलाई नियन्त्रणमा लिएको समाचार समेत छापेको थियो। मिडियामा सार्वजनिक समाचारमा आफ्नी छोरीको नाम उल्लेख गरेर चरित्र हत्या गरेको भन्दै अभिभावकले सार्वजनिक अपराध अन्तर्गत पनि उनलाई पहिले उजुरी परेको थियो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्र आचार्यको एकल इजलासले यस्तो फैसला गरेको थियो। प्रहरीले गरेको अनुसन्धानले निर्मलाको बलात्कार तथा हत्या दिलिपसिंह विष्टले गरेको देखाएको थियो। तर भण्डारी सम्पादक रहेको पत्रिका मानसखण्डले विष्टले त्यस्तो अपराध गर्नै नसक्ने भन्दै समाचारसम्प्रेषण् गर्दै आएको थियो।

Advertisement

Advertisement

Advertisement