गोकुल बास्कोटा र बीना मगरमा अड्कियो मन्त्रीमण्डल पुनर्गठन, रघुविरले जागिर जोगाए !

Advertisement

काठमाडौं । कमजोर कार्य सम्पादन गरेका मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने बहस चलेको लामो समय बितिसक्यो । तर पछिल्लो एक हप्तादेखि भने नेकपाको सचिवालय बैठकमै मन्त्री मण्डल पुनर्गठनको बहसले प्रवेश पाएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड मात्रै होइन बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल समेत मन्त्रीमण्डल पुनर्गठनमा सहमत देखिएका छन् । तर दुई अध्यक्ष एक एक जना मन्त्रीलाई च्याप्दा मन्त्रीमण्डल पुनर्गठनको क्रम रोकिएको श्रोत बताउँछ ।
प्रधानमन्त्री केपी ओलीले सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रचण्डले खानेपानी मन्त्री बीना मगरका पक्षमा अडान राखेपछि सिंगो प्रक्रिया अलमलमा परेको हो ।

यीनै दुई मन्त्रीहरुका विषयमा कुरा नमिल्दा मंगलबार गर्ने भनिएको मन्त्रीमण्डल पुनर्गठन रोकिएको श्रोत बताउँछ । अन्तिममा दुबै अध्यक्षले दुबै मन्त्रीलाई हटाउने वा दुबैलाई राख्ने विषयमा सहमति हुन सक्ने सम्भावना रहेको पनि बताईएको छ ।

नेकपा उच्च श्रोतका अनुसार मेलम्ची खानेपानी आयोजनाका कारण सरकारलाई नै बदनाम गराएको भन्दै प्रधानमन्त्री केपी ओलीले बीना मगरलाई हटाउनुपर्ने मन्त्रीहरुको सूचिमा पहिलो नम्बरमा राखेका छन् । तर प्रचण्डले भने बीना मगरलाई हटाउन नहुने स्पष्ट अडान ओलीलाई सुनाईदिएका छन् ।

रुखो बोलीका कारण सरकारकै बदनामी गरेको र कार्य सम्पादन पनि राम्रो नदेखिएको भन्दै प्रचण्डले गोकुल बास्कोटालाई हटाउनुपर्ने मन्त्रीहरुको सूचिमा पहिलो नम्बरमा राखेका छन् । तर ओली भने बास्कोटालाई कुनै हालतमा हटाउन नसक्ने मान्यतामा छन् ।

प्रचण्डले हटाउन चाहेका मन्त्रीलाई ओलीले च्याप्ने अनि ओलीले हटाउन चाहेका मन्त्रीलाई प्रचण्डले च्याप्न थालेपछि मन्त्री मण्डल पुनर्गठनको एजेण्डा थप पेचिलो बन्दै गएको श्रोत बताउँछ । ‘प्रधानमन्त्रीले जसलाई हटाउन चाहानु भएको छ, प्रचण्डले उहाँलार्ई नै राख्न चाहानु भएको छ, प्रचण्डले हटाउन चाहानु भएको मन्त्रीलाई प्रधानमन्त्रीले जोगाइरहनु भएको छ, यो विषय दुई अध्यक्षका लागि प्रतिष्ठा बनिसकेको छ’, नेकपा उच्च श्रोतले भन्यो ।

दुई अध्यक्षले दुई अध्यक्षहरु एक एक जना मन्त्रीका लागि टसमस नहुने अवस्था बनेपछि मन्त्रीमण्डल पुनर्गठन अन्योलमा पर्ने त होइन भन्ने चिन्ता पनि नेकपा नेतृत्वमा व्यक्त हुन थालेको छ ।

मेलम्ची खानेपानी आयोजनामा गलत रिपोर्टिङ गरेर सरकारलाई बदनाम बनाएको आरोप मन्त्री मगरमाथी छ । उनलाई तत्कालिन खानेपानी सचिव गजेन्द्र ठाकुरले सिएमसीलाई भित्र्याउन आर्थिक चलखेल गरेको आरोप समेत लगाएका थिए ।

रघुविरले जोगाए जागिर
श्रोतका अनुसार सबै भन्दा कमजोर कार्य सम्पादन गरेर बदनामी कमाईरहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघरविर महासेठले भने आफ्नो पद सुरक्षित बनाईसकेका छन् । उनले बामदेव गौतम मार्फत प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डलाई आफ्नो पक्षमा कन्भिन्स गरेका हुन् ।  महासेठलाई सीण्डीकेट पक्षधरलाई जोगाएको, ठेकेदारको पक्षमा लागेको र ठेक्का पट्टामा सेटिङ गरेको आरोप लागेको छ ।

नेकपा सरकारमा रुखो बोलीका कारण गोकुल बास्कोटा आलोचनाको पात्र बनिरहेका छन् भने कमजोर कार्यसम्पादनका कारण महासेठ र मगरको व्यापक आलोचना भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement