नेपाल एसबीआई बैंकको साधारण सभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । नेपाल एसबीआई बैंकको २६ औं साधारण सभा मंसिर २९ गते हुने भएको छ । बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा साधारण सभा हुने बैंकले जनाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई १०.८४ प्रतिशत नगद लाभास र ६ प्रतिशत बोनस सेयर साधारण सभाले पारित गर्नेछ । साधारण सभाबाट पारित भएपछि नगद र बोनस सहित १६.८४ प्रतिशत लाभांश वितरण गरिने कम्पनी सचिव भीष्म नेउपानेले जनाएका छन् । बैंकका हालको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार ५२३ रुपैयाँ रहेको छ ।

साधारण सभा प्रयोजनको लािग मंसिर १३ गतेदेखि २९ गतेसम्म शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement