मन्त्रीहरु हेरफेरको तयारीका कारण आज मन्त्रीहरु सिंहदरबार छिर्न सकेनन्

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र असन्तुष्टि निवारणका लागि मन्त्रिमण्डल पुनर्गठन प्रक्रिया अघि बढाइरहँदा बुधबार सिंहदरबारमा मन्त्रीहरु छिर्न सकेनन् ।

आज अपरान्ह १२ बजेसम्म एक जना मन्त्री गोकुल बास्कोटा मात्रै छिरेका थिए भने अन्य मन्त्रालयका मन्त्रीको च्याम्बर खालि थियो । प्रधानमन्त्री केपी ओलीले मंगलबार नै आफू मन्त्री हेरफेरमा लागेको पूर्वजानकारी दिएका थिए । तर कस्लाई राख्ने ? कस्लाई हटाउने ? भन्ने कुराको सुनिश्चितता नहुँदा सबै मन्त्रीहरु त्रसित र सशंकित देखिन्थे ।

हट्ने सुचीमा रहेका भनिएका भौतिक योजना तथा यातायात मन्त्री लघुवीर महासेठलाई नहटाउन सत्तारुढ दलका प्रभावशाली नेता वामदेव गौतमदेखि व्यवसायी उपेन्द्र महतोसम्मले प्रधानमन्त्रीलाई भेटेर आग्रह गरेका थिए । महतो महासेठका नातेदारका साथै व्यवसायिक साझेदार पनि हुन् ।

Advertisement

Advertisement

Advertisement