स्वास्थ्य बीमा कार्यक्रममा छ लाख ८६ हजार परिवारका २३ लाख ६० सदस्य आवद्ध

Advertisement

काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म २३ लाख ६० हजार १७२ जना आवद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको पछिल्लो तथ्यांकअनुसार महिला १२ लाख ३६ हजार ९६७ र पुरुष ११ लाख २२ हजार ९२१ जना स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । जसमा पाँच लाख ९२ हजार २५३ जना अतिगरिव छन् भने दुई लाख २९ हजार ९७० ज्येष्ठ नागरिक छन् ।

कुल छ लाख ८६ हजार १६० घरधुरी समेट्दा २३ लाख ६० हजारभन्दा बढि स्वास्थ्य बीमाबाट लाभान्वित भएका हुन् । अहिलेसम्म बोर्डले ४९ जिल्लाका ४७१ स्थानीय तहमा यो कार्यक्रम पुर्याईसकेको छ भने १० जिल्लामा विस्तारको तयारी थालेको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्धहरुले दुई अर्ब ७६ करोड ४६ लाख ७२ हजार १२५ रुपियाँको योगदान गरेका छन् भने पुर्नभुक्तानी तीन अर्ब ६१ करोड १२ लाख ९७ हजार ९९६ रुपियाँ ७७ पैसा रहेको छ । सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएर आठ लाख २४ हजार ८१७ जना लाभान्विन हुन पुगेका छन् ।

बोर्डको नियमअनुसार अति विपन्न परिवारका सदस्यले बीमा शुल्क बुझाउनु पर्दैन भने अन्यले बर्षको तीन हजार पाँच सय रुपियाँ शुल्क बुझाउनुपर्छ । सो रकम बुझाएवापत बोर्डले तोकेका अस्पतालहरुमा उपचार गर्दा बीमितका परिवारका सदस्यहरुलाई एक लाख रुपियाँसम्मको उपचार खर्च सरकारले व्यहोर्छ ।

Advertisement

Advertisement

Advertisement