दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

Advertisement

काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा अथराइज्ड रिटेल आउटलेट(एआरओ) शुरु गरेको छ । नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउने छन् ।

उक्त नयाँ आउटलेटको उद्घाटन दमौली नगरपालिकाका मेयर वैकण्ठ न्यौपानेले गरेका हुन् । उक्त अवसरमा बीएस सप्लायर्सका प्रबन्ध निर्देशक कृष्णराज पण्डितले निर्माण व्यवसायीहरुलाई सहज र सुलभ सेवा दिनका लागि जेसीबीले आधिकारिक आउटलेट शुरु गरेको बताए । योसहित जेसीबीले नेपालमा १६ वटा ‘एआरओ’ स्थापना गरिसकेको जनाएको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, पश्चिम रुकुम, सर्लाही र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक बिक्री केन्द्र संचालन भइसकेका छन् ।

जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य राखेको जेसीबीका सिनियर सेल्स म्यानेजर कञ्चन सिलवाले बताए । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय भएको कम्पनीले दाबी गरेको छ ।

Advertisement

Advertisement

Advertisement