नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुक, रोड शो गर्नु पर्नेमा चेम्बरको जोड

Advertisement

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्च्यात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताएका छन् । साथै उनले साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपलमा अष्ट्रेलियाको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने संभावना रहेको बताए ।

राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलिया बीच सिधा हवाई सेवा शुरु गर्न पहल गर्ने बताए । यसको लागि व्यवसायिक निर्णय हुनु पर्ने र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठिन नहुने उनले बताए ।

उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अन्य मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवशाय मैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने बताए ।

सो अवसरमा राजदूत वडको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी सम्मेलन पछि र एकद्धार प्रणाली लागू भए पछि लगानीको संभावना बढेको बताए । उनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार÷मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement