‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’बारे एनआईसी एशियाले यसो भन्यो

Advertisement

काठमाडौँ । विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकद्धारा मंगलबार जारी गरिएको विज्ञप्तिका आधारमा “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बिषयको प्रकाशित समाचार प्रति बैंकले बुधबार अर्को विज्ञप्ति मार्फत सत्यतथ्य प्रस्ट्याएको छ ।

बंैकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराउँदै उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र रहेको जनाएको छ । आम जनमासहरुलाई सजिलोसंग बुझ्न र बुझाउन सजिलो होसु भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” नामाङ्कन गरिएको बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो, जसमा ग्राहकमहानुभावहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तीय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिन्छ । रिकरिङ्ग निक्षेप योजना अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवम् पहिलादेखि नै सञ्चालनमा रहेको योजना रहेको र नेपालमा समेत केही बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरिरहेको बैंकले जनाएको छ ।

बैंकले सार्वजानिक गरेको “सुपर चमत्कारिक खाताहरु” अन्र्तगत उक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्ने नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement