सिटी एक्स्प्रेसको चाडपर्व लक्षित योजनाको विजेता घोषणा

Advertisement

काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६– न यति न उति सिधै लखपति’ उपहार योजनाको पहिलो महिनाको विजेता घोषित भएका छन् । यस अन्तर्गत बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्दबहादुर थापा विजेता घोषित भएका छन् । जापानबाट पैसा पठाई पहिलो(असोज) महिनाको एक लाख रुपियाँको मासिक लक्कीड्रमा परेर थापा विजेता भएका हुन् ।

विजेता थापाले एक लाख रुपियाँको चेक प्राप्त गरेका छन् । उक्त नगद पुरस्कार कम्पनीले एक समारोह आयोजना गरी विजेता गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरेको छ ।

दुई महिना अवधिको यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ६३० जनाले २०० रुपियाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले १० हजार रुपैयाँ जिति सकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो । लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० रुपियाँको मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले एक लाख रुपियाँ जित्न सक्ने छन् । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप १० लाख रुपियाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement