सेयर बजार स्थिर, कारोबार रकममा सामान्य वृद्धि

Advertisement

काठमाडौं । आज साताको चौँथो दिन बुधबार सेयर बजारमा स्थिरता अर्थात् सामान्य गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से एक दशमलव ६५ अंकले घटेर एक हजार १२८ दशमलव ३४ कायम भयो भने कारोबार रकम ३० करोड ३७ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार तीन करोड ५४ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार दुई करोड ६८ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूहको सुचक सात दशमलब ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने बैंकिङ समूहको सुचकमा शुन्य प्रतिशतको सुधार आएको छ । त्यस्तै, बाँकी सबै समूहको सुचकमा शुन्य प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता अगाडि छन् । कम्पनी नौ दशमलव ९७ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा रिधि हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ६६ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement