नजिकिँदो जाडोलाई लक्षित गरी सिजीले ल्यायो घरायसी सामग्रीहरु बजारमा

Advertisement

काठमाडौं । नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नजिकिदो जाडोलाई लक्षित गरि विभिन्न किसिमका नयाँ घरायसी सामग्रीहरु बजारमा ल्याएको छ ।

यस्ता सामग्रीहरुमा रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन् ।

रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ जसले उपभोक्ताको कोठालाई एकदमै न्यानो पार्ने सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सिजीले उपभोक्ताको बजेटलाई ध्यानमा राखी ग्यास तथा इलेक्ट्रिक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ ।

त्यसैगरी केही समयमा नै कुनै झ्नझ्ट विना पानी तताउन विभिन्न आकर्षक मोडल र किसिमका इलेक्ट्रिक केटल र हटपटहरु ल्याइएको छ । तातेको पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ ।

Advertisement

Advertisement

Advertisement