यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री, प्रचण्डलाई कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मेवारी

Advertisement

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच पार्टी एकता हुँदा अध्यक्ष र प्रधानमन्त्री बारे के गर्ने भन्ने बारे अहिलेसम्म औपचारिक निर्णय भएको थिए ।

यसैगरी बुधबारको बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको बुझिएको छ । बैठकमा सहभागी एक नेताले भने–‘सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको छ, अब यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।’

बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ, तर बैठकको सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्नेछन् । अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement