ओलीले फेरि भने– म अझै २० बर्ष बाँच्छु

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफू अझै २० बर्ष बाँच्ने दावी गरेका छन् । आफ्नो पार्टी नेकपाको सचिवालय बैठकमा उनले बुधबार आफूलाई सञ्चो भइसकेको बताउँदै अझै २० बर्ष बाँच्ने दाी गरेका हुन् ।

मन्त्रीहरुको हेरफेर टुँग्याउन बालुवाटारमा बसेको बैठकमा ओलीले आफ्नो स्वास्थ्यको बारेमा धेरैको चासो रहेको बताउँदै डायलसिस गरेपछि आफू स्वस्थ भएको दावी गरे । बैठकमा सहभागी नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई कुनै रोग नलागेको र स्वस्थ रहेको बताएका हुन् ।

फेरिएको मृगौलाले राम्रो काम गर्न छोडेकाले पुनः प्रत्यारोप गर्ने मनस्थितिमा पुगेका ओली आफ्नो पार्टीका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिने सहमति पनि गरेका छन् । मृगौला प्रत्यारोपका लागि विदेश जाने वा नेपालमै गर्नेबारे उनले निर्णय भने गरिसकेका छैनन् ।

Advertisement

Advertisement

Advertisement