नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई राजश्व विभागले गर्यो सम्मान

nifra-bank

काठमाडौँ । आन्तरिक राजश्व विभागले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई सबैभन्दा बढी कर दाखिला गरेकोमा कदर स्वरुप सम्मान–पत्र प्रदान गरेको छ ।

आठौं राष्ट्रिय कर दिवस, २०७६ आन्तरिक राजस्व विभागमा बुधवार आयोजित कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको हो ।

कार्यालयस्तरीय उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बानेश्वर कार्यालयमा दर्ता रहेका करदाताहरु मध्ये आव २०७४/७५ मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सबैभन्दा बढी कर दाखिला विभागले जनाएको छ ।