लामो कसरतपछि बल्ल ओली नेतृत्वको नयाँ मन्त्रिमण्डल सार्वजनिक (सूचीसहित)

Advertisement

काठमाडौँ । लामो कसरतपछि प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको मन्त्रिमण्डल सार्वजनिक गरेका छन् । मन्त्रीहरु हेरफेर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन केही समयदेखि कसरत गर्दै आएका उनले बल्ल बुधबार ढिलो गरी नाम टुँगो लगाएर राष्ट्रपति कार्यालयमा सुची पठाएका छन् ।

नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याइएको छ । बुधबार बिहानै मन्त्रीहरुको टुँगो लगाएर सपथग्रहण गराउने कार्यक्रम भए पनि सत्तारुढ दलका नेताहरुबीच भागबण्डा नमिल्दा ढिलो गरी नाम मात्रै सार्वजनिक गरिएको हो । नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी गरिएको छ ।



Advertisement

Advertisement

Advertisement