हत्या आरोपमा गत महिना पक्राउ पुर्जी काटिएका पार्वत गुरुङ पनि मन्त्री नियुक्त

Advertisement

काठमाडौं । ज्यान मार्ने उद्योग गरेको भन्दै केही दिनअघि पक्राउ परेका पार्वत गुरुङ पनि मन्त्री नियुक्त भएका छन् । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् । गत महिना गुरुङलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए ।

सत्तारुढ दल नेकपाले आन्तरिक शक्ति सन्तुलन मिलाउन बुधबार मन्त्रीहरु हेरफेर गरेको थियो । नवनियुक्त मन्त्रीहरुले आज बिहीबार सपथ खाँदैछन् । आफूविरुद्धको मुद्दा विचाराधिन रहेको अवस्थामै गुरुङ मन्त्रिमण्डलमा प्रवेश गर्न सफल भएका हुन् ।

Advertisement

Advertisement

Advertisement