विराटनगर लाँदै गरेको एक ट्याङ्कर इन्धन चोरी भएको खुलासा

Advertisement

विराटनगर । नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयका लागि आइरहेको डिजेल बाटोबाटै चोरी भएपछि सो विषयमा छानबिन शुरु गरिएको छ ।

नेपाल आयल निगमको अमलेखगञ्जबाट गत आइतबार विराटनगर निगमका लागि ५१ वटा ट्याङ्करमा डिजेल लोड गरी आइरहेको मध्येबाट ना४ख ४१६३ नंको ट्याङ्करबाट इन्धन चोरी भएको बुधबार बिहान थाहा पाएको अनुसन्धानबाट खुलेको निगमका प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले बताए ।

सो ट्याङ्करमा २० हजार लिटर डिजेल थियो । अमलेखगञ्जबाट आउने अन्य ट्याङ्कर विराटनगर निगममा आइसकेको छ । प्रादेशिक कार्यालय प्रमुख साहको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिके सदस्यमा निगमका सहायक प्रबन्धक समन कार्की, इन्धन ढुवानी सङ्घका अध्यक्ष गुणराज निरौला र अमलेखगञ्ज डिपोका उपप्रबन्धक रामकृष्ण श्रेष्ठ छन् ।

Advertisement

Advertisement

Advertisement