गरिमाको साधारण सभा मंसिर २७ गते, १६.१५ प्रतिशत बोनस शेयर पारित गरिने

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकको तेह्रौँ साधारण सभा मंसिर २७ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड, विरौटा कास्कीमा बिहान १०ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको बैंकको हाल कायम चुक्ता पूँजीको १६.१५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हाल कायम चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार ९ सय ९६ रुपैयाँ रहेको छ ।

गरिमा विकास बैंक र अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि मंसिर १३ गतेदेखि २७ गतेसम्म बैंकको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) हुने कम्पनी सचिव माधवप्रसाद उपाध्यायले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement