रसुवागढी हाइड्रोको अध्यक्षमा माधवप्रसाद कोइराला चयन, २ सञ्चालकले दिए राजीनामा

Advertisement

काठमाडौ । रसुवागढी हाइड्रोपावर कम्पनी सञ्चालक समितिको अध्यक्षमा सञ्चालक माधवप्रसाद कोइराला चयन भएका छन् ।

नेपाल विद्युत प्राधिकरणबाट कम्पनीमा प्रतिनिधित्व गरेका सञ्चालक तथा अध्यक्ष समेत रहेका जगदिश्वरमान सिंह उमेर हदका कारण अवकाश भएकाले रिक्त अध्यक्षमा कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले कोइरालालाई चयन गरेको हो ।

साथै, कम्पनीमा संस्थापक शेयरधनी संस्था चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व गर्ने सञ्चालकद्वय रामप्रसाद रिमाल र भीमप्रसाद तिमल्सिनाले व्यक्तिगत कारणले मंसिर १ गतेबाट लागु हुने गरी राजीनामा दिएको कम्पनी सचिव नरनाथ न्यौपानेले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement