शाओमीको रेडमी नोट ८ प्रो सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

Advertisement

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले उक्त दुबै फोन बुधवार सार्वजनिक गरेको हो ।

स्मार्टफोन सेग्मेन्टमा क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक तहल्का मच्चाउने निश्चित छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएको बताए । उनले प्रत्येक रेडमी नोटले प्रविधिका पर्खालहरु नाघेर यथास्थीतिलाई चुनौति दिँदै भ्यालु प्रोपोजिशनलाई पुनःपरिभाषित गरेको बताए ।

कोठारीले भने, ‘हामी ६४ एमपी क्वाड–क्यामेरा बिस्ट– रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं । विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी९०टी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ ।’

रेडमी नोट ८ प्रो ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रू. २६ हजार ९९९, रू. २९ हजार ९९९ र रू. ३२ हजार ९९९ शाओमीले तोकेको छ ।

रेडमी नोट ८ प्रोको रिअरमा ८ दशमलव ८ एमएम मोटाइ भएको थ्रीडी कबर्ड ग्लास रहेको छ । त्यस्तै, यसमा ४ हजार ५०० एमएएच ब्याट्री र ६४ एमपी क्वाड क्यामेरा सेटअप गरिएको छ ।

त्यस्तै, रेडमी नोट ८ मा ४८ एमपी क्वाड क्यामेरा सेटअपसहित ६ दशमलव ३ इन्च डटनोच डिस्प्ले छ । त्यस्तै, यसमा १३ एमपी फ्रन्ट क्यामेरा र ४ हजार एमएएच ब्याट्री छ । ४ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध मोबाइलको मूल्य क्रमशः रू. १८ हजार ९९९ र रू. २३ हजार ९९९ कायम गरिएको छ । सार्वजनिक गरिएका रेडमी ८ प्रो र रेडमी ८ बुधवारदेखि बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

Advertisement

Advertisement

Advertisement