सिटिजन्स बैंकका कर्मचारी र ग्राहकलाई अब स्पार्क अस्पतालमा विशेष छुट

Advertisement

काठमाडौं । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । बिहीबार उक्त सम्झौता पत्रमा स्पार्क अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल र बैंकका प्रमुख कार्यकारी अधिकृत पारस कुमार काफ्लेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका सम्पूर्ण ग्राहकले उपचार खर्चमा आकर्षक छुट सुविधा पाउने छन्। अस्पतालमा कार्ड अनिवार्य लिएर गएमात्र स्वास्थ्य सेवामा विशेष छुट पाइनेछ ।

Advertisement

Advertisement

Advertisement