सबैको लघुवित्तको शेयरमूल्य समायोजन, ४८३ रुपैयाँ १९ पैसा कायम

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले तनहुँ बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । लघुवित्तले १३ प्रतिशत बोनस शेयर वितरण गर्न बुक क्लोज गरेसंगै मूल्य समायोजन गरिएको हो ।

बोनस शेयर समायोजनपछि उक्त लघुवित्तको शेयरमूल्य ४८३ रुपैयाँ १९ पैसा कायम भएको छ ।

हाल लघुवित्तको चुक्तापुँजी १६ करोड ५० लाख रहेको छ । १३ प्रतिशत बोनस वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६४ लाख पुग्ने जनाइएको छ।

Advertisement

Advertisement

Advertisement