कञ्चनपुरको निमार्णाधीन हुलाकी सडकको काम सुस्त, ३३ महिनामा चार किमि सडक मात्रै कालोपत्र

Advertisement

भीमदत्तनगर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति सुस्त छ । तीस महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइएपनि हालसम्म डोकेबजार–बेलौरी खण्डमा चार किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ ।

त्यसैगरी बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धीसाई जेभीले पाएको भएपनि निर्माण भने अहिलेसम्म ५५ प्रतिशत मात्रै हुन सकेको छ ।‘पहिलो प्याकेजमा चार किलोमिटर सडक बनेर छेउछाउमा नालीलगायतका अन्य संरचना बन्दैछन्’, मडैले भने, “काम द्रुत गतिमा भएकाले पहिलो र अन्तिम प्याकेज आगामी चैतमा सम्पन्न हुनेमा आशावादी छौँ ।’

रु एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नुपरेको छ । ‘वर्षात्मा हिलो र हिउँदमा सडकको धुलोले आजित भयौँ’, पुनर्वासका स्थानीय रामसाहेद रानाले भने, ‘जनप्रतिनिधिले पनि सडक निर्माण समयमा सक्न आग्रह गर्दा पनि काम सम्पन्न हुन सकेको छैन ।’

Advertisement

Advertisement

Advertisement