लक्ष्मी कमर्सियलले गुर्जुधारामा खोल्यो सर्भिस सेन्टर, ग्लोबल सिरिजका ट्रक र ट्रिपर सार्वजनिक

Advertisement

काठमाडौँ । लक्ष्मी कमर्सियल भेहिकल प्रालि(गोल्ड फिश इन्टरनेशनल प्रालि) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र टिपरको नयाँ श्रृंखला बजारमा ल्याएको छ ।

लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी कमर्सियल भेहिकल प्रालिले जीएफआई सर्भिसको नाममा विहीबार काठमाडौँको नैकप गुर्जुधारामा एसएमएल इसुजु फ्लागसीप थ्रीएस सेन्टर सञ्चालनमा ल्याएको हो । उक्त सेन्टर १ लाख वर्गफिटमा फैलिएको कम्पनीले जनाएको छ ।
उक्त सेन्टरमा गाडी मर्मतका लागि आवश्यक आधुनिक उपकरणहरु पर्याप्त मात्रामा रहेका र अनुभवी इञ्जिनियरहरुले सेवा प्रदान गर्नेछन् । सो सेवाकेन्द्रबाट प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुलाई सेवा प्रदान गरिन्छ ।

कम्पनीले नेपाली बजारका लागि सबैभन्दा धेरै प्रतिक्षा गरिएको नयाँ ग्लोबल सेरिज ट्रक र ट्रिपर पनि अनावरण गरेको छ । ग्राहकको चाहना र आवश्यकता अनुरुप बजारमा ल्याइएको उक्त सवारी साधनहरु इन्धन वर्गमा दक्षता, ड्राइभरको आराम बृद्धि, उच्च विश्वासनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्दछ ।

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले विभिन्न प्रकारको स्कूल बसहरु, व्यापारिक/निजी बसहरु, ट्रक÷ट्रिपरहरु, नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ ।



Advertisement

Advertisement

Advertisement