सनराईज बैंकको १२४औं शाखा सुनसरीको इनरुवामा

Advertisement

काठमाडौं । सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आउने क्रममा सुनसरीस्थित इनरुवामा १२४औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले उक्त शाखा संचालनमा ल्याएको हो ।

उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए भने इनरुवा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरुवाद्योगवाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्तरुपमा एटिएमको उद्घाटन गरेको बैकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement