समाजवादी पार्टी सरकारबाट बाहिरिंदै, मन्त्री हेरफेरप्रति चर्को असन्तुष्टी

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुधबार भएको मन्त्री मण्डल हेरफेर प्रति असन्तुष्ट भएको समाजवादी पार्टी नेपालले सत्ता छाड्ने भएको छ । प्रधानमन्त्री ओलीले सत्ता साझेदार समाजवादीसँग कुनै सल्लाहनै नगरी मन्त्री हेरफेर गरेकाले असन्तुष्टी बढेको छ ।

समाजवादी श्रोतका अनुसार आजभोलि नै सत्ताबाट बाहिरिन निर्णय सार्वजनिक हुने बुझिएको छ । ओली नेतृत्वको वर्तमान सरकारमा सत्ता साझेदारी गरेको समाजवादीका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पद सम्हाल्दै आएका थिए । तर, उनी विदेशमा रहेको अवस्था अहिले मन्त्री हेरेफेर गर्दा उपप्रधान र तथा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनाइएको छ ।

त्यसैगरी समाजवादीका तर्फबाट सहभागी अर्का मन्त्री मोहम्मद इस्तियाक राई पनि कार्यक्रमको शिलशिलामा हाल उपत्यका बाहिर छन् । उनले सम्हाल्दै आएको जिम्मेवारी यथावत राखिएको छ । तर, सो मन्त्रालयमा नेकपाका रामवीर मानन्धरलाई राज्यमन्त्री नियुक्त गरिएको छ ।

‘यसरी समाजवादीले सम्हाल्दै आएको मन्त्रालय हेरफेर गर्दा र राज्यमन्त्री नियुक्त गर्दा कुनै सल्लाह गरिएको छैन, नेकपा दुई तिहाईको दम्भमा एकलौटी हिसाबले अघि बढ्न खोज्यो, त्यसकारण अब सरकारमा बसिरहनुको औचित्य समाप्त भएको छ’–समाजवादीका एक नेताले बताए ।

तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएसँगै उपप्रधानमन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न दबाव थियो । केही दिन अघिमात्र नेकपाले एकलौटी रुपमा प्रदेश प्रमुखहरु हटाएपछि नेता डा. बाबुराम भट्टराई रुष्ट भएका थिए । तर, यादव अहिले नै सरकार छाड्ने मनस्थितिमा थिएनन् । उपचुनाव अघि सरकार नछाड्ने र छाड्नु अघि संबिधान संशोधनका लागि निर्णायक वार्ता गर्ने उनको तर्क थियो । तर, प्रधानमन्त्री ओलीको अहिलेको व्यवहारले समाजवादीलाई सत्ता छाड्ने बाटो खुलेको विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री ओलीले गरेको बुधबार गरेको मन्त्री हेरफेरको नेकपा भित्रै समेत चर्को आलोचना हुन थालेको छ । पार्टीका २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहले सामाजिक सञ्जालमा नै विरोध गरेका छन् ।

Advertisement

Advertisement

Advertisement