उर्जा सम्मेलनमा नेपाल पावर एक्सचेन्ज र इन्डियन इनर्जी एक्सचेन्जबीच विद्युत् व्यापार सम्झौता

Advertisement

काठमाडौं । काठमाडौंमा आज बिहीबारबाट सुरु भएको उर्जा सम्मेलनमा अवसरमा नेपाल पावर एक्सचेन्ज लिमिटेड र इन्डियन इनर्जी एक्सचेन्जबीच विद्युत् व्यापार सम्झौता भएको छ । उक्त सम्मेलन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)ले आयोजना गरेको हो ।

सम्मेलनमा एचआइडिसिएल र एनएचपीसीबीच पनि विद्युत व्यापार सम्बन्धी सम्झौता भएको छ । दुई दिने उर्जा सम्मेलनमा क्षेत्रीय विद्युत व्यापार, विद्युत बजार, विद्युत बजार नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरू संचालन र सहजीकरण, ऊर्जामा आवश्यक लगानी तथा आयोजना प्रदर्शनीजस्ता विषयहरू रहेका छन् ।

सम्मेलनलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल बैंकर्स एसोसिएसन, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल टनेलिङ एसोसिएसन तथा नेपाल इन्जिनियर्स एसोसिएसनलगायतले सघाएका छन्

Advertisement

Advertisement

Advertisement