मध्य चीनमा सञ्जाल जोड्दै हिमालय एयरलाइन्स्, काठमाडौं-चाङ्सा उडान शुरु

Advertisement

काठमाडौँ । हिमालय एयरलाइन्सले नेपाल-चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम अन्तरगत काठमाडौंदेखि चाङ्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ ।

चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । नेपाल भ्रमण बर्ष २०२० सुरु हुन अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो नयाँ सेवाका साथ नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् ।

केही दिन अघि मात्रै गुइयाङको उडान शुरु गरेको थियो । केही दिन पछि नै हिमालयले काठमाडौं र चाङ्सा बीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ । प्रत्येक बर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक हो । हिमालय एअरलाइन्स्को विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्सका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ । हिमालय एअरलाइन्स् यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स् हो ।

उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ४ गते स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ । आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ ।

एअरलाइन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले चीनबाट हुने यात्राबाट अधिकतम लाभ लिनका निम्ति बेइजिङ र गुइयाङबाहेक पनि चीनका अन्य शहरहरुमा काठमाडौंले अझ बढी सञ्जाल विस्तार गर्न आवश्यक रहेको र त्यो दिशामा अघि बढ्को बताए ।

चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा स्थानमा गरेको छ जुन विगतका केही बर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही बर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३,४८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ । यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५५ हो ।

सन् २०१९ (जनवरी देखि अक्टुबर सम्म)को बार्षिक तुलना गर्ने हो भने कुल १३४,२८१ चिनियाँ पर्यटक भित्रिए सँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२५ ले वृद्धि भएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ ।

काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउने हिमालय एअरलाइन्सका अध्यक्ष जोउ इन्योङले बताए ।

Advertisement

Advertisement

Advertisement