मन्त्रीको कुर्सीमा बसेर जब दुगडले श्रीमतीलाई सोधे, ‘मेडम कस्तो छ त मेरो मन्त्रालय ?’ (फोटो फिचर)

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले धेरैलाई आश्चर्यमा पादै बुधबार राति मात्रै मन्त्रिमण्डल पुर्नगठन गरे । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन धौधौ भइरहेको बेला उनले अबेरसम्म नयाँ बन्ने मन्त्रीहरुको नाम समेत गोप्य राखेका थिए ।

ढिलो गरी मन्त्रीहरुको सूची बोकेर राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री ओलीलाई खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई नहटाउन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई हटाउन निकै दबाब परेको थियो ।

मगर सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । उनलाई हटाउन चौतर्फी दबाब परे पनि ओली त्यसमा असफल भएका छन् भने वैदेशिक रोजगारी र श्रमिको सामाजिक सुरक्षाका विषयमा राम्रै काम गरेका विष्टलाई हटाउन विशेषगरी म्यानपावर व्यवसायीको ठूलो दबाब रहेको थियो ।

अर्कोतर्फ कसैले कल्पनासमेत नगरेका एक जना उद्योगी मोतीलाल दुगड एकाएक प्रधानमन्त्रीको सूचीमा छिर्न सफल भएका छन् । उद्योग राज्यमन्त्रीमा नियुक्त दुगडको प्रवेश पनि धेरैको चासोको विषय बनिरहेको छ । श्रीमतीसहित बिहीबार १२ बजे मन्त्रालय पुगेका उनलाई लाइन लागेर बसेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, सहसचिव र अन्य कर्मचारीहरुले फुलका गुच्छा दिएर स्वागत गरेका थिए ।

राज्यमन्त्रीको कुर्सिमा मुस्कुराउँदै बसेर सचिव बैकुण्ड अर्यालले ल्याएको फाइलमा पहिलो हस्ताक्षर गरेका दुगडलाई आफूलाई भेटन् आएकाहरुलाई नमस्कार फर्काउन भ्याईनभ्याई थियो । उनले मन्त्रीकै कुर्सिबाट श्रीमतीलाई ‘मेडम कस्तो छ त मेरो मन्त्रालय ?’ भनेर सोधेका थिए । व्यवसायी क्षेत्रको प्रतिनिधित्व गर्दै मन्त्री बनेका दुगड नियुक्तका बारेमा निजी क्षेत्रबाट प्रतिक्रिया आउन बाँकी छ । तस्विरहरुः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement