सेयर बजार ओरालो लाग्ने क्रम जारी, कारोबार रकम २९ करोडमा सीमित

Advertisement

काठमाडौं । आज साताको पाँचौँ दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से सात दशमलव ७४ अंकले घटेर एक हजार १२० दशमलव ६० कायम भयो भने कारोबार रकम २९ करोड ७७ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार चार करोड ३० लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार दुई करोड ५५ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूहको सुचक सात दशमलब ४६ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने उत्पादनमूलक समूहको सुचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । त्यस्तै, अन्य र म्युचल फण्ड शुन्य प्रतिशतभन्दा धेरैले उकादो लागेको छ भने बाँकी सबै समूहको सुचकमा शुन्य प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता अगाडि छन् । कम्पनी नौ दशमलव ९३ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा जनउत्थान सामुदायीक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् । कम्पनी आठ दशमलव २० प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement