काठमाडौंमा 'दोस्रो आन्तरिक पर्यटन मेला २०२०’ आयोजना हुने

Advertisement

काठमाडौं । डोमेस्टिक टुरिजम मार्टले फागुन ९ र १० गते (फ्रेबु्रअरी २१,२२) मा दोस्रो आन्तरिक पर्यटन मेला गर्ने भएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा  ‘दोस्रो आन्तरिक पर्यटन मेला–२०२०’ आयोजना गर्न लागेको हो ।

पहिला देश अनि विदेश भन्ने नाराका साथ हुने उक्त मेलामा नेपाल भित्र लुकेर रहेका पर्यटकीय गन्तव्यको दृश्य अवरोकन गर्न सकिने छ । सो मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी, खानाको परिकार झल्किने गरी फुड स्टल समेत रहने पाइन्छ ।

मेलामा ग्राहकहरुले आफुले चाहेको वस्तुहरु खरिद गर्न सक्ने छन् । मेलामा पर्यटन बजारमा सक्रिय सबै पर्यटन संस्थाहरु टान, हान, नाट्टा, सोट्टो, एनएमए, टुर्गान, नाटोज, नारा, नेफा, नेपाल होमस्ट एसोसिएसन, एफएनसिसीआई, टिडीसी, एनएमआईए, एनएमजिए, पाटा च्याप्टर, रेवान, ट्रेगान, भिटोत्तफ, चेम्बर, कुरियर सघ, हस्तकला, गार्मेन्ट संघ, एनटिभिए, कन्सल्टेन्सी, केबुलकार, एड्भेन्चर ट्रिप, पर्यटकीय संघ सस्था, स्कुल कलेज प्रतिष्ठान लगायत १ सय १० वटा स्टलहरु रहनेछन् ।

सो मेलाको प्रमुख उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । साथै, ७ वटै प्रदेशबाट संयोजक बनाउने तथा सहयोगी संघ संस्थाहरुबाट १ सय ५० वटा स्टलहरुलाई मध्यनजर गर्दै डीटीएम एक्सिलेन्ट अवार्ड समेत प्रदान गरिने डोमेस्टिक टुरिजमका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

जसमा सहभागीहरुले आफूले चाहेको वस्तु तथा सेवा खरिद गर्न सक्ने छन् । मेलामा लाखौँ दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement