मंसिर ९ गतेदेखि ‘चाइनाज टिबेट-नेपाल इकोनोमिक एण्ड ट्रेड फेयर’ हुँदै

Advertisement

काठमाडौँ । मंसिर ९ गतेदेखि १२ गतेसम्म काठमाडौँमा ‘चाइनाज टिबेट–नेपाल इकोनोमिक एण्ड ट्रेड फेयर’ हुने भएको छ ।

ट्रेड डेभलपमेन्ट ब्यूरो अफ मिनिष्ट्री अफ कमर्श अफ पीआर तथा चीनको स्वशासित क्षेत्र तिब्वतको ल्हासा स्थित टिवेट बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा ट्रेड फेयर हुन लागेको हो ।

उक्त मेलामा तिब्वतका व्यापारिहरुको ५० भन्दा बढी स्टल रहने छ । ती व्यापारिक स्टलहरुमा इलेक्ट्रोनिक सामाग्री, खाद्यान्न, पेय पदार्थ, कस्मेटिक, सजावतका सामाग्री, उपभोग्य वस्तुहरु आदिको प्रदर्शनी गरिने भएको जनाइएको छ ।

उक्त मेलाको आयोजनाबाट दुई देशबीचको व्यापारिक क्रियाकलापमा बृद्धि हुने तथा दुई देशबीचको सदियाँै पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिइएको छ ।

Advertisement

Advertisement

Advertisement