आइफोन ११, ११ प्रो, ११ प्रो म्याक्स मंसिर ६ गतेदेखि नेपालमा, दुई लाख २७ हजारसम्म मूल्य

Advertisement

काठमाडौं । एप्पलको नेपालको बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालीले एप्पल मोवाइलको नयाँ संस्करणहरु आइफोन ११, ११ प्रो, ११ प्रो म्याक्स मंसिर ६ गतेदेखि नेपालमा बिक्री सुरु गर्ने भएको छ ।

कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै यही नोभेम्बर २२ देखि यी मोवाइल फोन सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । यी फोनका पहिलो दुईसय क्रेताहरुले आईफोनको बेल्किन १० वाटको वाउरलेस चार्जर निःशुल्क पाउने जनाइएको छ ।

सबै क्रेताहरुले भने स्क्र्याच कुपन प्राप्त गर्ने र १२ महिनाको लागि प्रत्येक हप्ताको एक हजार एमबीको डाटा निःशुल्क प्राप्त गर्नेछन् ।

आइफोन ११ संस्करणअन्तर्गत ६४ जीवी मेमोरी भएकोलाई एक लाख १० हजार पाँच सय, १२८ जीवी मेमोरी भएकोलाई एक लाख १८ हजार तीन सय, २५६ जीवी मेमोरी भएकोलाई एक लाख ३४ हजार रुपियाँ मूल्य कायम गरिएको छ । यी फोनहरु कालो, सेतो, हरियो, पहेंलो, रातो, वैजनी रंगमा उपलब्ध छन् ।

त्यस्तै, आईफोन ११ प्रो संस्करणअन्तर्गत ६४ जीवी मेमोरी भएकोलाई एक लाख ५७ हजार २५०, २५६ जीवी मेमोरी भएकोलाई एक लाख ८० हजार नौ सय र ५१२ जीवी मेमोरी भएकोलाई दुई लाख ११ हजार आठ सय रुपियाँ मूल्य कायम गरिएको छ । यी फोनहरु खरानी, स्पाइस ग्रे, गोल्ड, मिडनाइट ग्रिन रंगमा उपलब्ध छन् ।

साथै, आइफोन ११ प्रो म्यास संस्करणअन्तर्गत ६४ जीवी मेमोरी भएकोलाई एक लाख ७२ हजार आठ सय, २५६ जीवी मेमोरी भएकोलाई एक लाख ९६ हजार छ सय र ५१२ जीवी मेमोरी भएकोलाई दुई लाख २७ हजार चार सय रुपियाँ कायम गरिएको छ । यी फोनहरु सिल्भर, स्पाइस ग्रे, गोल्ड र मिडनाइट ग्रिन रंगमा उपलब्ध छन् ।

जेनरेशन नेक्स्टले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा एक वर्षको वारेन्टी लिन आधिकारिक च्यानलहरुबाट मात्र फोन खरिद गर्न आग्रह गरेको छ । कम्पनीको आधिकारिक डिलरहरुः इभो स्टोर, ओलिज, फ्यूचर वल्र्ड, आइस्टोर, मोबाइल ट्रोन, फ्युचर टेक ट्रेड, एस आर इम्पेक्सबाट मात्र खरिद गर्न सकिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement