गोकर्ण बिष्टलाई खिसिटिउरी गर्दै नयाँ श्रम मन्त्रीलाई मेनपावर व्यवसायीले दिए यस्तो शुभकामना

Advertisement

काठमाडौं । नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान अध्यक्ष रोहन गुरुङले शुभकामना दिएका छन् । आफ्नो फेसबुक वालमा लामो सन्देशसहित उनले नयाँ श्रममन्त्रीलाई शुभकामना दिएका हुन् ।

उनले वैदेशिक रोजगार व्यवसायीहरु कामै छैनन् भन्ने निष्कर्षसहित कम्पनीहरुको लाइसेन्स खारेज गरिदिन चुनौति पनि दिएका छन् । उनले लेखेको छनः 'होईन बैदेशिक रोजगार आवश्यक छैन भने सबै इजाजत पत्र खारेज गरि अब उप्रान्त नेपालबाट वैदेशिक रोजगारमा नेपाली युवा बिदेश जान नपाउने निर्णय गरि सुचना जारी गरि दिनुस् तपाइँहरुलाइ सदैब उच्च सम्मानका साथ सलाम गर्ने छु।'

गुरुङले बिष्ट प्रति खिसिटिउरी गर्दै लेखेका छन्ः 'म्यानपावर व्यवसायीलाई आरोप मात्र लगाइ आफू लोकप्रिय बन्न सफल भएको भ्रम बोक्ने केही नेताको राजनीति पनि देखियो।'

नेकपा निकट मेनपावर व्यवसायी गुरुङकै अगुवाईमा यसअघि पनि श्रम मन्त्री बिष्टलाई हटाउने दबाव सृजना गरिएको थियो ।

यस्तो छ गुरुङको चेतावनीयुक्त शुभकामना सन्देश
नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय रामेस्वर राय यादवज्युलाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

वैदेशिक रोजगार क्षेत्रले देश र बेरोजगार युवाहरुको निम्ति थुप्रै अवसर तथा सम्भावना जुराउन सक्ने अवस्था छ भने धेरै चुनौतिहरु पनि छन।

वैदेशिक रोजगारको समस्या मात्र देखाएर डलरमा तलब खाने, लेख बेच्ने देखी लिएर देशको अर्थतन्त्र प्रती जिम्मेवार र चिन्तित बनेकाहरु पनि तपाईंको कार्य कक्षमा भिड लाग्ने पक्का छ ।

वैदेशिक रोजगारमा कामदार पठाउन इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायीहरु र नेतृत्व पङ्तीलाई मन्त्री र सरकार बाट गरिने र गरिएका व्यवहारको धेरै व्याख्या गर्न चाहन्न ।

बेरोजगार युवाहरु र आम नागरिकको मन जित्न म्यानपावर व्यवसायीतर्फ औँला मात्र तेर्स्याउने भाषण, लेख र समाचार बिगतमा धेरै सुनियो । करोडौ लगानी गर्न बाध्य बनाइ म्यानपावर व्यवसायीलाई आरोप मात्र लगाइ आफू लोकप्रिय बन्न सफल भएको भ्रम बोक्ने केही नेताको राजनीति पनि देखियो।

लामो समय देखी देशमा रोजगारी अभिवृद्धि गर्ने पुर्बाधार ,नितिगत सुधार, प्रोत्साहन, सहुलियत र संरक्षण गर्ने बाताबरण र परिस्थिति बन्न सकेन तर बेरोजगार युवा बिदेशीय , यसरी देश बन्दैन भन्दै बिदेशिने युवा र पठाउने म्यानपावार प्रती नकारात्मक दृस्टी लगाउने कार्यले मात्र निरन्तरता पाउदै गयो।
युवाहरु बिदेशिन बाध्य किन भयो ?
देशमा भने जस्तो तलब र रोजगारि नपाएर ।
बिदेशिन बाध्य कस्ले बनायो ? देश चलाउनेले।
अनि बेरोजगार युबालाई रोजगार कस्ले दिलायो ? म्यानपावार व्यवसायीले ।
देशमा लगानी गरेर उद्योग, कृषि, पशुपालन गर्न किन रुचि गरेनन् ?
लगानी र उत्पादित बस्तुको मुल्य लगाएतको ग्यारेन्टी नहुनाले ।
अहिले विदेशी सामान किन्न विदेशी मुद्रा सञ्चिति कहाँबाट प्राप्त भयो ?
रेमिट्यान्स बाट ।
बार्षिक ८ खर्ब रेमिट्यान्स कस्ले पठाउछ ?
विदेशमा काम गर्ने नेपालीले ।
अन्य धेरै विषयहरु भनी रहनु पर्दैन होला ।
अन्तमा नेपाल सरकारलाइ मेरो आग्रह, यदि वैदेशिक रोजगार आवस्यक छ भने यस भित्रका नितिगत वेथिति र अव्यहारिक नियम कानुनहरुलाई संसोधन र परिमार्जन गरि पारदर्शी र व्यवस्थित वैदेशिक रोजगार बनाउन राज्यको ध्यान जाओस् , होईन बैदेशिक रोजगार आवस्यक छैन भने सबै इजाजत पत्र खारेज गरि अब उप्रान्त नेपाल बाट वैदेशिक रोजगारमा नेपाली युवा विदेश जान नपाउने निर्णय गरि सुचना जारी गरि दिनुस् तपाइँहरुलाइ सदैब उच्च सम्मानका साथ सलाम गर्ने छु।
धन्यवाद
रोहन गुरुङ

Advertisement

Advertisement

Advertisement