ग्लोबल आइएमई बैंकले विद्यालयलाई गर्यो सहयोग

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको ब्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

बिहिबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्त राज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर पन्थलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका छन् ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै यस्ता सामाजिक कार्यहरु गर्दै आएको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement