विश्वभरका अंग्रेजी शिक्षकको कुम्भ मेला नेपालमा

Advertisement

काठमाडौं । ललितपुरस्थित डीएभी स्कुलमा विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला सुरू भएको छ । टिसोल–नेल्टा क्षेत्रीय सम्मेलनमा सहभागी हुन नेपाललगायत २६ देशका १ हजार अंग्रेजी शिक्षकहरू भेला भएका हुन् ।

सम्मेलनमा सहभागी विज्ञहरूले गुणस्तरीय अंग्रेजी शिक्षाको विकासका लागि कार्यपत्र प्रस्तुत गरेका छन् । सम्मेलनमा अंग्रेजी कसरी पढाउनेरु कस्तो अंग्रेजी शिक्षा आवश्यक छ रु भाषाको माध्यमबाट देशको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सिक्न पाएको नेपालका अंग्रेजी शिक्षकहरूले बताएका छन् ।

‘विश्वभरबाट अंग्रेजी शिक्षकहरू आउनुभएको छ । अन्य देशमा अंग्रेजी कसरी पढाइन्छ रु राम्रो शिक्षक कसरी बन्ने लगायतका आइडिया सम्मेलनबाट थाहा पाएँ,’ सम्मेलनमा काभ्रेबाट सहभागिता जनाएकी कल्पना थापाले बताइन् ।

‘विश्वमा अंग्रेजी शिक्षणको कस्तो अभ्यास भइरहेको छ रु नेपालले अंग्रेजीमा सुधार गर्नुपर्ने विषयबारे सम्मेलनबाट सिक्न पाइयो,’ अर्का सहभागी अग्नि ज्ञवालीले भने । ‘टिसोल–नेल्टा सम्मेलन नेपालमा पहिलोपटक भएको हो,’ नेल्टाका उपाध्यक्ष जयराम खनालले भने, ‘नेपालका लागि यो गौरवको विषय हो ।’

उनका अनुसार पहिलो दिन बुधबार नेल्टा सिम्पोजियम भएको छ । दोस्रो दिन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा शनिबारसम्म आठवटा कि–नोट, १७ वटा प्लेनरी तथा २ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ ।

‘अंग्रेजी भाषाको माध्यमबाट नेपालको कला संस्कृति विश्वमा चिनाउन सकिन्छ,’ उपाध्यक्ष खनालले भने, ‘विश्वका अरू देशले नेपाली भाषा बुझ्दैनन् । त्यसैले नेपालको प्रमोट गर्न पनि अंग्रेजी भाषा आवश्यक छ ।’

विदेशी भाषा नजानेका कारण नेपाल विकासमा पछि परेको पनि उनले बताए । ‘भाषा नजानेका कारण विदेशीलाई कन्भिन्स गर्न सकेका छैनौं,’ उनले भने, ‘अंग्रेजी भाषाले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

नेपाल अंग्रेजी भाषा शिक्षक संघ ‘नेल्टा’ र अंग्रेजी भाषा शिक्षकहरूको अन्तर्राष्ट्रिय संघ टिसोल ९अमेरिका०को आयोजनामा टिसोल–नेल्टा क्षेत्रीय सम्मेलन नेपालमा भएको हो । सम्मेलन शनिबारसम्म चल्नेछ ।

नेल्टा नेपालमा अंग्रेजी शिक्षाको विकासका लागि सन् १९९२ मा स्थापना भएको गैरनाफामूलक संस्था हो । नेपाली विद्यार्थी एवं शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी सुनाइ, बोलाइ र लेखाइमा गुणस्तर कायम गर्न खोलिएको संस्था हो ।

Advertisement

Advertisement

Advertisement