भीमफेदी पुगेर मुख्यमन्त्री पौडेलले भने-‘हरेक काम उत्पादनमुखी हुनुपर्छ’

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा खानेपानीको सुनिश्चितता हुने बताएका छन् । खानेपानी पहिलो आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पौडेलले हरेक जनताको घरमा खानेपानीको धारा जडान गरिने जानकारी दिए ।

शुक्रबार मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाको कोगटे तथा ईपा क्षेत्रको भ्रमणका क्रममा उनले आधारभूत आवश्यकता पछि अन्य आबश्यकताहरु आउने बताए । उनले भने–“सबै जनताको घर अभावरहित हुनुपर्छ अनि मात्र समृद्ध नेपालको यात्रा सम्बभ हुन्छ ।” सरकारले हरेक नेपालीलाई उत्पादनसँग जोड्ने गरी योजना बनाइरहेको पनि बताए ।

भौतिक विकासलाई मात्र बिकास नठान्न आग्रह गर्दै उनले अन्य विकासलाई पनि प्राथमिकता दिन आग्रह गरे । बिकासका पूर्वाधारबाट हरेक ठाउँ बिकास हुनुपर्ने भएपनि बिकासका नाममा बिनास गर्न नहुने कुरामा पनि सजग गराए ।

कृषि उत्पादन बृद्धि गर्न सरकारले सिंचाई, मलखाद, विउविजन आदिको उचित व्यवस्थापनका गर्ने बताउँदै पशुपालन, तरकारी खेति जस्ता रोजगार मुलक कृषिका लागि अनुदान उपलब्ध गराउने जानकारी दिए ।  उक्त कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालगायत सहभागी थिए ।

यसैबीच, मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाीधन रहेको भीमफेदीदेखि ईपासम्मको सडकको अवलोकन गरे ।,अवलोकनका क्रममा निर्माणधीन सडक समयमा नै निर्माण सक्न आग्रह पनि गरे । यो सडकलाई काठमाण्डौ जान विकल्पका रुपमा समेत प्रयोग गरिने बताए । यो सडक भएर सिस्नेरी हुँदै काठमाण्डौ जान सकिने गाउँपालिका अध्यक्ष हिदम लामाले मुख्यमन्त्री पौडेललाई जानकारी गराए ।

२५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ । २०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडक १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । उक्त सडक निर्माण भए पछि भीमफेदी गाँउपालिकाका स्थानीयहरु लावान्भित हुने छन भने काठमाडांै–ईपा–देउराली सडक खण्ड हुदै सवारी सञ्चालन हुनसक्ने छन् । यसले सिस्नेरी–फाखेल हँुदै चल्ने सवारी साधनहरुले समेत उक्त सडक खण्ड प्रयोग गर्न सक्नेछन् ।

अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाल, भूकम्प पुनर्निर्माण इकाई मकवानपुरका प्रमुख बिमलकिशोर केवी, भिमफेदी गाँउपालिका अध्यक्ष लामा लगायतको सहभागिता रहेको थियो ।